Carers are people who provide unpaid care and support to someone who needs help with their day-to-day living, who has a disability, mental health condition, or any health condition requiring care and assistance. Carer Gateway is an Australian Government program providing support to carers. The program's digital photographic exhibition 'Real Carers Real Stories - In Their Own Words' features ten carers. Aakriti Chhetri is one of the unpaid carers. She provides support to her friends Himanshu and Neha who live with muscular dystrophy. Chhetri spoke to SBS Nepali about her experience of working as a carer in a new country, the rewards, and the learnings from her caregiving journey. - तपाईँ अस्ट्रेलियामा बस्नु हुन्छ भने तपाईँले 'केयरर' भन्ने शब्द सुन्नु भएको नै होला। केयरर अर्थात् स्याहारकर्ता भनेर ती व्यक्तिहरूलाई चिनिन्छ जसले अशक्तता, मानसिक समस्या वा कुनै किसिमको स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्याहार गर्दछन्। यस्तै केयररहरूको अनुभव सँगालेर अस्ट्रेलिया सरकार अन्तर्गत रहेको 'केयरर गेटवे'ले 'रियल केयरर्स रियल स्टोरिज - इन देयर ओन वर्ड्स' नामक एक डिजिटल फोटो प्रदर्शनी गरेको छ। त्यसमा एडिलेडकी आकृति क्षेत्रीलाई पनि देख्न सकिन्छ। छ वर्ष अघि विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी क्षेत्री, हाल एडिलेडको एक एज्ड केयरमा कम्युनिटी प्रोजेक्ट अफिसरको रूपमा कार्यरत छिन्। उनी सिड्नीमा रहेका आफ्ना दुई जना साथीहरूको केयरर हुन्। केयरर हुँदाको आफ्नो अनुभव र यसरी कसैलाई स्याहार गरिरहेका मानिसहरूका लागि केही सल्लाह सुझाव सहित क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।