Every year on 26 January, Australians from around the country are recognised with the Australia Day Honours for their distinguished service. John Wesley Owsnett has been posthumously awarded the Medal of the Order of Australia (OAM) in the General Division for his contribution to the community and philanthropic work. Reach Out Nepal is one of the charity organisations he was involved in, which sponsors children from financially struggling families in Nepal to get an education. Mr Owsnett's wife, Joy Mary Owsnett and son Todd Owsnett spoke to SBS Nepali about the honoree's life and the service to the community through a range of roles. - हरेक वर्ष ज्यानुअरी २६ अर्थात् अस्ट्रेलिया डेको उपलक्ष्यमा, देश विदेशमा उल्लेखनीय योगदान पुराएका अस्ट्रेलियनहरूलाई विभिन्न विधामा अस्ट्रेलिया डे अनर्सले सम्मानित गर्ने चलन छ। यसपालि जेनेरल डिभिजनको अर्डर अफ अस्ट्रेलियाको सूचीमा परेका ७३९ जना मध्ये एक हुन्, न्यु साउथ वेल्सका जोन वेज्ली आउज्नेट, जसलाई आफूले जीवनभर समुदायमा पुराएका योगदानका लागि मरणोपरान्त मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया (ओएएम)ले सम्मानित गरिएको छ। पेसाले रियल स्टेटमा संलग्न रहेका आउज्नेट विभिन्न परोपकारी सङ्घसंस्थामा सक्रिय थिए, जस मध्ये एक हो, अस्ट्रेलियन गैरसरकारी संस्था 'रीच आउट नेपाल' जसले प्रमुख रूपमा नेपालमा आर्थिक रूपमा सङ्घर्ष गरिरहेका परिवारका बालबालिका शिक्षा प्रदान गर्न मद्दत गर्दछ। यस लगायत आउज्नेटका अन्य कार्यहरूको बारेमा उनकी श्रीमती जोइ मेरी आउज्नेट र छोरा टड आउज्नेटसँग गरिएको कुराकानी सुन्नुहोस्।