Sabin Gnawali and Kalani Gacon are collaborating on a new feature film about 'home'. The duo spoke to SBS Nepali about their life journeys, which they claim are intertwined with the theme of 'Home Before Night', their new project. - अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।