Acharya Rajan Sharma, from the Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) in Sydney says yoga is acknowledged for its benefits on mental and physical well-being. SBS Nepali spoke to Mr Sharma about Nepali yoga practitioners residing in Australia, and the significance of Nepal's National Yoga Day which was celebrated on Monday, 15 January this year. - नेपालमा सोमवार, १५ ज्यानुअरीका दिन राष्ट्रिय योग दिवस मनाइएको छ। मानसिक र शारीरिक स्वास्थ्यका लागि निकै उपयोगी मानिने योगलाई अस्ट्रेलियामा बस्ने नेपालीहरूले पनि अभ्यास गरिरहेको सिड्नीको लिन्डहर्स्टमा रहेको विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाज नेपालका संस्थापक आचार्य राजन शर्मा बताउँछन्। सिड्नीमा रहेको उक्त संस्थाले सप्ताह व्यापी निःशुल्क योग शिविर सञ्चालन गरिरहेको शर्माले बताए। भिक्टोरिया युनिभर्सिटी र अन्य विभिन्न शैक्षिक सङ्घ-संस्थासँग मिलेर नेपालीहरूका लागि योगका विषयमा निःशुल्क 'सर्टिफिकेट थ्री' कक्षा सञ्चालन गरिरहेको पनि उनले बताएका छन्। योगले पार्ने मानसिक र शारीरिक प्रभावका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।