Tamu Lhosar is celebrated by the Gurung community annually on 15 Poush according to the Nepali calendar. Marking the beginning of the year of the eagle, Melbourne's Gurung community celebrated Lhosar on Sunday, 31 December 2023 at an event organised by Tamu Samaj Victoria in Estonian House, Brunswick. Participants spoke to SBS Nepali about the importance of this day, and how the Nepali-speaking second generation in Australia in learning to carry the tradition forward. - हरेक वर्ष झैँ यसपालि पनि पुष १५ मा गुरुङ समुदायले तमु ल्होसार मनाउँदै नयाँ वर्गमा प्रवेश गरेका छन्। गत सालको बिरालो बर्गलाई पछाडि छाड्दै, गिद्ध वर्गको स्वागत गरेको गुरुङ समुदायले यस दिनलाई आफ्नो नयाँ वर्षको रूपमा पनि लिने गरेको छ। आइतवार, ३१ डिसेम्बर सन् २०२३ मा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा तमु समाज भिक्टोरियाको आयोजनामा भएको तमु ल्होसारको कार्यक्रममा उपस्थित सदस्यहरूले ल्होसारको महत्त्वका साथसाथै विदेशी भूमिमा नेपाली संस्कृतिलाई मान्यता दिँदाको आ-आफ्नो अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।