While many view Fagu Purnima or Holi solely as a vibrant celebration, characterised by an explosion of colours, Acharya Rajan Sharma from the Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) explains its broader significance. He emphasises its importance in terms of physical and mental health, cultural heritage, and fostering a sense of community. Speaking to SBS Nepali, he also shared the religious narrative behind the festival, portraying it as a day symbolising the victory of truth. - परम्परागत रूपमा फुल, बेसार र कालो माटो एक अर्कालाई लगाएर खेलिने रङ्गहरूको पर्व फागु वा होलीले शारीरिक र मानसिक स्वास्थ्यका साथै समाजमा मिलेर उत्सव मनाउने दिनको रूपमा महत्त्व राख्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस)का आचार्य राजन शर्मा बताउँछन्। सत्यको विजय भएको दिनका रूपमा मनाइने यस पर्वलाई पछिल्लो समय देखिएको व्यापारीकरण र विकृतिबाट टाढा राखिनु पर्ने उनको भनाइ छ। फागु पुर्णिमासँग जोडिएका किम्बदन्ती, आधुनिक युगमा किन यसको महत्त्व रहेको छ र यस पर्व मनाउने चलनमा आएको परिवर्तन के कस्ता छन् भन्ने बारे एसबीएस नेपालीले शर्मासँग गरेको कुराकानी सुन्नुहोस्।