सिड्नीमा बस्दै आएकी प्रज्ञा पनेरुको पहिलो उपन्यास 'विषाणु ऋ'को लोकार्पण पश्चिमी सिड्नीको ब्लाकटाउनको एक पुस्तकालयमा भएको छ। साहित्यिक फाँटमा सक्रिय रहेकी सानु घिमिरेले उपन्यासकार पनेरुसँग नयाँ पुस्तकको सम्बन्धमा वार्ता गरेकी थिइन्। उपन्यासमा उठेका सामाजिक मुद्दाहरू बारे पनेरुले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।