मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।