आजको कार्यक्रममा हामी नोबेल कोरोना भाइरसको दोस्रो लहर, यसबीचका बाढी, पहिरो लगायतका विपद् र मानव अधिकारको बारेमा छलफल गर्दैछौँ । कार्यक्रममा कोभिड १९ लगायतका विपद्मा मानव अधिकारको अवस्था र सरोकारवाला निकायको भूमिका कस्तो रह्यो भन्ने बारेमा अधिकारकर्मी, विशेष अवस्थामा रहेका महिलाको आवश्यकता पूर्तिमा स्थानीय सरकारको योजना र मानव अधिकार आयोगको अनुगमनको संयन्त्रको बारेमा कुराकानी तथा बिभिन्न सामग्री सुनाउनेछौ । विपद्मा मानव अधिकारको बारेमा तपाईँ पनि कुनै प्रश्न वा कुनै विचार राख्न चाहानुहुन्छ भने ०१ ५२६०६६१ मा अहिले नै फोन गर्न सक्नुहुन्छ । तपाईँको विचारले स्थान पाउनेछ भने प्रश्नको जवाफ हामी सरोकारवाला निकायबाट खोज्नेछौँ ।